अजय पाठक
३ असोज, बाँके । बाँकेको खजुरामा गोरुको मासु बरामद भएको छ । खजुरा गाँउपालिका वडा नं. ८ रनियापुरबाट एक क्विन्टल बढी गोरुको मासु सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Advertisement
खजुरा स्थित रहेको धनौली प्रहरी चौकीबाट खटिएका ईन्चार्ज अशोक मल्लको नेतृत्वको टोलीले गोरुको टाउको सहित मासु, ढुवानी गर्ने सवारी साधन र एक जना मासुको कारोबार गर्नेलाई पक्राउ गरेको हो ।
ईन्चार्ज अशोक मल्लका अनुसार गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनौलीको खटिएको टोलीले बुधवार बिहान गोरुको मासु बरामद गरेको हो । गाई काट्नमा संलग्न ब्यक्ति भने प्रहरी पुग्नासाथ फरार भएका थिए ।
Advertisement
ईन्चार्ज मल्लले थप अनुसन्धान जारी रहेको बताए ।
आज नेपालमा २०७२ असोज ३ गते संविधान जारी भएको दिनलाई महत्वका साथ मनाईरह्दा बाँकेको रनियापुरमा लगातार गाई गोरु काटिदै गरिएको घटनाले संविधानको धज्जी उडाउदै छ । यो रनियापुरको लागि कुनै नयाँ विषय हाईन । यस अघि पनि त्यहाँ खुलेआम गाईगोरु काटिएका तथ्य बाहिरिएका छन ।
Advertisement
नेपाल सरकारले राष्ट्रिय जनावरको सुरक्षा गर्न नसक्दा संविधान कागजमा मात्रै सिमित देखिएको छ । यस अघि पनि गाईको मासुको विषयमा धरानमा माहोल तातिएको थियो ।
रनियापुरमा खुलेआम गाई गोरु काटिदैछ तर बाँकेको प्रशासन भने राष्ट्रिय जनावरलाई नै सुरक्षा प्रदान गर्न सकेको छैन । राष्ट्रिय जनावरलाई नै असुरक्षित रह्दा नेपाल सरकारले आम नागरिकको हक अधिकारलाई सुनिश्चित गर्न सक्छ ? भन्ने विषयमा शंका छ । अझ संविधान दिवस कै दिन यस्तो घटना घटाउन सक्ने आँट आउनुमा सुरक्षा निकायको फितलो अनुसन्धान नै रहेको भन्ने विषयमा कुनै दुई मत छैन ।
Advertisement
संविधानको धाराले राष्ट्रिय जनावरको हकमा अधिकारबारे कानुनी व्यवस्था र व्याख्या गरेपनि कार्यन्वयन गर्ने नियमन निकायले भने त्यसलाई जिम्मेवारपूर्ण तरिकाले सुनिश्चित गर्न सकेको छैन ।
टिप्पणीहरू