२७ भदौ, बाँके । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा संचालित पश्चिम नेपालकै एक मात्र क्यान्सर अस्पताल ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ले वार्षिक प्रगती सार्वजनिक गरेको छ ।
अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले बुधबार पत्रकार सम्मेलन मार्फत गत वर्ष भदौ २३ गतेको निणर्य अनुसार क्यान्सरको उपचारको क्रममा नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार र स्वास्थ्य विमाबाट प्राप्त हुने सुविधा सकिएका ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक विरामीहरुलाई अस्पतालबाट प्रदान हुने सेवा शुल्क ५० प्रतिशत अस्पताल विकास समितीले व्यहोर्ने गरी छुट गरिएको जानकारी गराए ।
Advertisement
उनले अस्तपाल सञ्चालन गर्नमा दक्ष जनशक्तिको अभाव मुख्य चुनौती रहेको बताएका छन । उनले भने, ‘अहिले अस्पताल काज, अस्थायी दरबन्दीबाट चलाउनु परेको छ ।’
उनले पश्चिम नेपालकै सम्भवत पहिलो पोजेटिभ प्रेसर आईसियु सेवा सुरु गरिएको बताए ।
Advertisement
क्यान्सरको उपचारका लागि आउने विरामीको संख्यामा वृद्धि हुदैँ गएको छ । आर्थिक वर्ष २०७८/०७९ मा २५ हजार १ सय ८१ जना जनरल सहित २०७९/०८० मा २९ हजार २ सय ५५ जना क्यान्सरका विरामीले सेवा लिएका अस्पतालले जनाएको छ ।
यस अस्पतालले पश्चिम नेपालकै बाँके, बर्दिया, दाङ लगायत करिब ४० वटा जिल्लाका क्यान्सर बिरामीहरुको उपचार गरिरहेको छ । अस्पतालले पछिल्लो समय अस्पतालबाट प्रदान गर्ने सेवा सुविधालाई फराकिलो बनाउँदै लिगेको जनाएको छ ।
Advertisement
अस्पतालले गरिब, असहाय तथा विपन्न क्यान्सरका बिरामीहरुका लागि निशुल्क उपचार तथा एवम् १० प्रतिशत बेड छुट्याइएको अध्यक्ष मल्लले जानकारी गराए ।
क्यान्सरका बिरामीहरुलाई रगत अभाव हुदाँ नेपालगञ्ज तथा कोहलपुर धाउनुपर्ने बाध्यता थियो भने अहिले अस्पताल परिसरमै ब्लड बैंक स्थापना पश्चात संचालनमा रहेकोले राहत मिलेको एक वर्षको प्रगती विवरण प्रस्तुत गर्दै अध्यक्ष मल्लले जानकारी गराए ।
टिप्पणीहरू