१९ भदौ, गुल्मी । चट्याङ लागेर गुल्मीमा ८ जना विद्यार्थी घाइते भएका छन् ।
मुसिकोट नगरपालिका–६ को कुर्घा निम्न माध्यमिक विद्यालयमा सोमबार दिउँसो चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएका हुन ।
Advertisement
विद्यालयका प्रधानाध्यापक मोतीप्रसाद शर्माका अनुसार विद्यालय परिसरमै परेको चट्याङबाट आठ जना घाईते भएका हुन ।
घाईते हुनेहरुमा कक्षा–६ कि ईशा घर्ती, झलका बिक, अनुजा बिक, कक्षा ८ का अनिशा बिक र कक्षा ७ का सिर्जना शर्मा, समीक्षा थापा, कल्पना बिक, बुद्धिमाया नेपाली रहेका छन ।
Advertisement
घाइतेमध्ये ईशा, झलका, अनुजा, अनिशा र सिर्जनालाई कुर्घा स्वास्थ्यचौकीले मिसन अस्पतालमा उपचार भइरहेको छ । अन्य चार जनालाई स्थानीय स्वास्थ्यचौकीमा सामान्य उपचारपछि घर पठाइएको छ ।
















टिप्पणीहरू