७ साउन, काठमाडौं । बजारमा सुनको कारोबार ठप्प अवस्थामा छ । सधैँ भिडभाड हुने नयाँ सडकका सुनचाँदी पसल साउन लागेसँगै सुनसान हुुन थालेका छन् ।
मलमास लागेसँगै बजारमा सुनचाँदीको कारोबार ठप्प अवस्थामा रहेको सुन व्यापारी बताउँछन् । नेपाल सुुनचाँदी व्यवसायी महासङ्घका अनुुसार हाल दैनिक पाँच किलो मात्र सुन वितरण हुने गरेको छ । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले मलमासका कारण र तीज असोज महिनामा परेकाले पनि सुनको कारोबार नभएको बताए ।
Advertisement
साउन महिना अफ सिजन भएकाले पनि कारोबार न्यूून हुने गर्छ, यो वर्ष चाडपर्व ढिला भएकाले पनि कारोबार ठप्प अवस्थामा रहेको उनको भनाइ रहेको गोरखापत्रमा खबर छ ।















टिप्पणीहरू