Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती मनाइँदै

    २९ असार, बाँके । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा  विविध कार्यक्रमका साथ मनाइँदैछ ।

    आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते भएको हो । धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए ।

    Advertisement

    भानुभक्तले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए । भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा भावानुवाद गरेका थिए । रामायण लगायत भक्तमाला, प्रश्नोत्तर, वधुशिक्षा, रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपाली भाषीमाझ लोकप्रिय छन्।

     उनको निधन १९२५ मा भएको थियो । भानुजयन्तीको अवसरमा गण्डकी प्रदेशले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

    Advertisement

    भाषिक सहजतासहितका भानुभक्तका कृतिले नेपाली समाजमा पठन पाठन र संस्कृतिको विकास गर्न तथा सांस्कृतिक धार्मिक , सामाजिक एवं नैतिक चेतनाको विकास गर्न पुर्याएको योगदानका कारण भानुभक्तलाई नेपाली समाजले अगुवाका रुपमा लिने गरेको छ ।

    आचार्यले ‘अध्यात्मानारायण’को भानुवाद गरि नेपाली समाजमा नेपाली मौलिक भाषा, साहित्य , धर्म, दर्शन र राष्ट्रियता वीजारोपण गरेका थिए ।

    Advertisement

    उनका ‘प्रश्नोतर’१९१०, ‘भक्तमाला’ १९१० ‘वधुशिक्षा’ १९१९ ‘रामगीता’ १९२५ तथा दर्जनौ फटकर तथा साहित्य कृति पनी प्रकाशित छन् ।

    आचार्यले लेखेका पाण्डुलिपिलाई सङ्ग्रहित गरी कवि तथा गजलकार मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशन गरेर नेपाली जगतमा उनलाई चिनाएका हुन्।

    Advertisement

    नेपाली समाजमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्यलगायत विषयलाई समन्वय गरेका आचार्य मूर्धन्य व्यक्तित्व भएको साहित्यकारहरु बताउँछन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »