२६ असार, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा प्रहरीले मंगलवार थप दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डिल्लीबजार मापलोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र रहेका सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जाकारी दिए ।
Advertisement
उनीहरू माथि मन्त्रिपरिषद्को निर्णयलाई अपव्याख्या गरेर सरकारी जग्गा व्यक्तिको नाममा बनाउन नक्कली फाइल बनाएको आरोप छ । उक्त फाइल तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजा समक्ष पेश भएको पाइएको प्रहरीले जनाएको छ ।
यसअघि आइतवार सीआईबीले सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत, समरजङ कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुव अर्याललाई पक्राउ गरेको थियो ।
Advertisement
किर्ते तथा सङ्गठीतरुपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलगायत यसअघिनै पक्राउ परिसकेका छन् । प्रहरीले अहिलेसम्म १४ जनालाई पक्राउ गरिसकेको छ ।
विसं २०४९ देखि २०६९ सम्म सरकारको स्वामित्वमा रहेको बालुवाटार स्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
टिप्पणीहरू