Close sidebar
  • ताजा
  • लोकप्रिय
  • समाचार प्रभाव : अख्तियारले नेपालगञ्ज २१ सहितका वडालाई काट्यो पत्र

    ८ असार, बाँके । घरभाडाको नाममा भएको बजेटको दुरुपयोगमा चासो देखाउदै अख्तियारले कागजात उपलब्ध गराउन नगरलाई पत्र पठाएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलले नेपालगञ्ज उपमहानगरपालिकालाई सर्कुलर गर्दै वडा नं. २१ बाहेक अन्य कुन कुन वडाले आर्थिक वर्ष २०७९/८० मा घर भाडामा लिएका छन ? भाडा के, कुन प्रयोजनको लागि लिएको हो ? घर भाडा संग सम्बन्धित विवरण, घर भाडा वापत विनियोजन रकम, स्वीकृत कार्यक्रम, खर्च तथा भुक्तानी संग सम्बन्धित विल भरपाई, गोस्वारा भौचरहरुको प्रामणित प्रतिलिपी उपलब्ध गराउन पत्र पठाएको प्रहरी निरीषक हरि प्रसाद पुनले जानकारी दिए ।

    Advertisement

    जस पश्चात असार ४ गते नेपालगञ्ज उपमहानगरपालिकाले २१ बाहेक २३ वटै वडालाई आवश्यक कागजात पठाउन निर्देशन दिएको प्रशासन अधिकृत इन्द्र बहादुर के.सि.ले जानकारी दिए ।

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ मा निजिभवन हुदाँ हुदैँ पनि घरभाडा खर्च छुट्याएर बजेटको दुरुपयोग गरेको स्थानीयले मिडियाकर्मीलाई गुहार गरेका थिए । नाईल खबर सहित हाम्रो मिडिया नेपाल र लिमरा खबरको संयुक्त रिर्पोटिङ्ग क्रममा उक्त १ लाख बजेट घरभाडाको लागि देखाएपनि जिन्सी शाखाको लागि भुक्तानी गर्दै आएको सचिव सूर्य नेपालीले जानकारी दिएका थिए ।

    Advertisement

    थप अनुसन्धान पछि नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ मा राखिएको उक्त जिन्सी शाखाको लागि लिईएको दुई वटा कोठा मध्ये १ वटा खाली रहेको र अर्कोमा सचिव नेपाली परिवार सहित बस्दै आएका खुलेको थियो । जिन्सी शाखाको नाममा बजेटको दुरुपयोग भएको समाचार प्रसारण पश्चात अख्तियारले पनि चासो देखाउदै छानविन अगाडि बढाएको छ । जिन्सी शाखाको सामान राख्ने प्रयोजनले वडा र घर धनी बीच ४२ सय प्रतिकोठा सम्झौता भएको छ ।

    नक्सै पास नभएको उक्त ३ तले घरमा जिन्सी शाखाको लागि कसरी सम्झौता प्रक्रिया पुर्‍याएको विषयमा रिर्पोटिङ्ग गर्नै क्रममा वडा कार्यालयमा सूचना माग गर्न पुगेका स्थानीय र जनप्रतिनिधि बीच विवाद समेत भएको थियो ।

    Advertisement

    जनप्रतिनिधिको निणर्यमा वडासचिवलाई घरबहाल खर्च वडाबाटै विन्योजन गर्दै आइरहेको थियो । आफु भर्खरै निर्वाचित भएर आएकोले पहिले देखि नै चल्दै आएको बजेटको शिर्षक यथावत राखेको वडाध्यक्ष राजकुमार शाहुले जानकारी दिए । उनका अनुसार उक्त बजेट वडासचिवले नै प्रयोग गर्दै आइरहेका छन ।

    उक्त निणर्य वडाका जनप्रतिनिधि कै रहेको हुदाँ उपमहानगरपालिका संगको कुनै सरोकार र संलग्नता समेत नरहेको मेयर प्रसान्त विष्टले स्पष्ट पारे ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »