२२ जेठ, बाँके । विपद् व्यवस्थापन समिति बाँकेको आयोजनामा बाढी सम्बिन्ध कृत्रिम घटना अभ्यास गरिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटी लगायत निकायको सहभागितामा आइतबार बाढी सम्बिन्ध कृत्रिम घटना अभ्यास गरिएको हो । बाढी विपद्बाट हुने सक्ने सम्भावित जनधनको क्षती कम गर्न प्रत्येक वर्ष बाँकेमा पूर्वतयारी अनुरुप बाढी विपद्को कृृत्रिम घटनाको अभ्यास गरिदै आएको छ ।
Advertisement
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले कृत्रिम घटना अभ्यासले उद्धारकर्मीहरुको क्षमता बृद्धि हुने र जोखिम न्यूनीकरणमा सहयोग पुग्ने दावी गरे ।
उक्त अभ्यासमा नेपाली सेनाको मेडिकल टिम र नेपाल रेडक्रस सोसाइटी बाँकेका प्राथमिक उपचारकहरुले घाइतेहरुलाई प्राथमिक उपचार सेवा प्रदान गरी अस्पताल पुर्याएका थिए ।
Advertisement
अधिकाँस व्यक्तहरुले अभ्यासबाट दक्षजनशक्तिको सीप प्रदर्शन र उपलब्ध उद्धार सामग्री चुस्तदुरुत रहने उल्लेख गर्दै स्थानीय तहहरुले पालिका स्तरमा पनि कृत्रिम घटना अभ्यास गर्नुपर्ने आवश्यकता महसुश गरिएको थियो ।
जिल्ला विपद् विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बज्रदल गण प्रमुख श्याम आत्रय पौडेल, डुडवा गाउँपालिकाका उपाध्यक्ष सहिदा बानो लगायतले विचार व्यक्त गरेका थिए ।
Advertisement
कार्यक्रममा सुरक्षा निकाय, बाँके रेडक्रस, पत्रकार, वि. गु्रप, एस.डि.एफ. कारितास, युवा रेडक्रस सर्कल शहिद स्मारक मा.वि. कम्दी र स्थानीय बासी लगायतको सहभागिता रहेको थियो ।
टिप्पणीहरू