Close sidebar
  • ताजा
  • लोकप्रिय
  • समाज परिवर्तनका लागि कला, सङ्गीत र नाट्यक्षेत्र ज्यादै बलशाली : अध्यक्ष ओली

    १८ जेठ, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजको गुणात्मक परिवर्तनका लागि कलाक्षेत्रको भूमिका प्रभावकारी रहेको बताएका छन ।

    उनले बुधबार पार्टी कार्यालय, च्यासल, ललितपुरमा आयोजित कलाकारहरूको पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली समाज साँस्कृतिक अराजकतातिर धकेलिँदै गरेको र त्यसलाई रोक्नुपर्ने बताएका छन ।

    Advertisement

    देशको राजनीति विग्रिए केही बर्षमा सुधार्न सकिने, अर्थतन्त्र विग्रँदा पनि केही बर्षमा सुधार्न सकिने तर सामाजिक मूल्य मान्यता र सँस्कृति विग्रँदै गयो, पतन भयो भने पुस्तौ पुस्तासम्म पनि उठाउन गाह्रो हुने चर्चा गर्दै उनले साँस्कृतिक अराजकताको दुःखलाग्दो स्थितिबाट, सामाजिक मूल्यमान्यताको अधोगति र अधोपतनबाट फर्काएर समाजलाई सही बाटोमा ल्याउनुपर्ने बताए ।

    अध्यक्ष ओलीले सभ्यता, सँस्कृति र ज्ञानको प्रादुर्भाव भएको यस धर्तीमा अहिले दुनियाँमा सबैभन्दा बढी छाडापन र साँस्कृतिक विकृति देखिनु र त्यस कार्यमा चेतनशील र शिक्षित वर्ग लाग्नु दुःखलाग्दो भएको बताए ।

    Advertisement

    उनले भने, ‘युटुव खोलेर हेर्न डराउनुपर्ने अवस्था छ । अर्कालाई दुःख दिएर, अर्काको अनुहारमा पीडा हेरेर रमाउने प्रवृत्ति बढ्दो छ । सत्य छोप्न र झुट फैलाउन सूचना प्रविधिको दुरूपयोग भइरहेको छ ।’

    समाजलाई सकारात्मक सोंच, आदर्श र गन्तव्यतर्फ धक्का दिनु परेको बताउदै अध्यक्ष ओलीले अब शैक्षिक संस्थाहरूमा देशभक्ति, शान्ति, मानवता र पारस्परिक सहयोगको भावना विकास गर्ने शिक्षा दिनुपर्ने विचार व्यक्त गरे । उनले समाजको अन्धविश्वास, भेदभाव र कुरीति भत्काउन अनौपचारिक शिक्षाका रूपमा रहेको सङ्गीत, कला र नाट्यक्षेत्र ज्यादै बलशाली भएको बताए ।

    Advertisement

    अध्यक्ष ओलीले देश र जनताका लागि समर्पित पार्टी नेकपा (एमाले) मा रहेर राष्ट्रहित, जनहित र समग्रमा मानवजातिको पक्षमा आफ्नो प्रतिभा समर्पित गर्न कलाकारहरूलाई आग्रह गरे ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »