१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले सांसद विकास कोष पाएपछि सांसदहरू वडाध्यक्षको लेबलमा आएको टिप्पणी गरेका छन् ।
आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सांसद विकास कोष अन्तर्गत सांसदले ५ करोड खर्च गर्न पाउने प्रावधान पुनः राखेपछि बालेनले यस्तो भनेका हुन ।
Advertisement
‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरू वडाध्यक्षको लेबलमा आउनुभयो’, उनले भनेका छन्, ‘वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीयज्यूहरू ।’
अघिल्लो वर्ष कटौतीमा रहेको यो कोष फेरि बजेट मार्फत् ब्युत्याइएपछि सार्वजनिक रुपमा विरोध भएको छ ।















टिप्पणीहरू