Close sidebar
  • ताजा
  • लोकप्रिय
  • चिनमा नेपाली चिया निर्यातका लागि प्रक्रिया अगाडि बढाइयो

    १४ बैशाख, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चीनको बेइजिङ स्थित नेपाली दूतावास मार्फत चीनमा नेपाली चिया निर्यातका लागि प्रक्रिया अगाडि बढाएको छ ।

    चिया निर्यातका लागि आवश्यक सबै कागजात पेस गरेर प्रक्रिया अगाडि बढाएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको हो ।

    Advertisement

    बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले नेपाली चियाको गुणस्तरमा उत्कृष्ट देखिएपछि चिनियाँ व्यापारी आकर्षित भएकाले निर्यातका लागि प्रक्रिया अगाडि बढाइएको बताए ।

    गत असोज ४-५ गते चीनको फुचियान प्रान्तको फुआन सहरमा भएको ‘सेकेन्ड वल्र्ड ब्लाक टी क्वालिटी इभ्यालुसन कम्पिटिसन’मा नेपाली चिया उत्कृष्ट देखिपछि चिया निर्यातको सम्भावना बढेको उनको भनाई छ ।

    Advertisement

    चिनियाँ व्यापारी नेपाली चिया लैजानका लागि उत्सुक रहेको देखिएका छन । चिया निर्यातका लागि व्यवसायी टु व्यवसायी सम्झौता गर्न लागिएको भट्टराईले जानकारी दिए ।

    अन्तर्राष्ट्रिय बजारमा चियाको माग बढ्दै गएकाले निर्यात बढाएर विदेशी मुद्रा आर्जन गर्न सकिने भन्दै यसका लागि सरकारले सहजीकरण गर्नुपर्ने उनले स्पष्ट पारे । नेपाली चिया चीनमा निर्यात हुन थालेपछि नेपालले ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गर्न सक्ने अनुमान गरिएको छ ।

    Advertisement

    चीन, रुस, अमेरिका, युरोपेली मुलुकका नेपाली कूटनीतिक नियोग मार्फत नेपाली चियाको ब्रान्ड प्रवद्र्धन गर्न सके हाल वार्षिक रूपमा चार अर्बको निर्यातबाट बढाएर १० देखि १२ अर्ब रुपियाँको निर्यात गर्न सकिने बोर्डले जनाएको छ ।

    छिमेकी मुलुकहरू भारत, श्रीलङ्का लगायतले चियामा भ्यालु एड गरी प्रतिस्पर्धी बजारमा आफ्नो स्थान सुरक्षित गरिरहेका छन् र नेपालले पनि आमउपभोक्ताको मागअनुसार सङ्ख्यात्मक उत्पादनमा मात्रै नभएर तयारी चियाको विशिष्टीकृत गुणस्तरमा ध्यान दिन अति जरुरी रहेको विज्ञहरूको भनाइ छ । नेपालमै पनि चियाको आन्तरिक खपत अन्य छिमेकी मुलुकको तुलनामा अति नै न्यून रहेकाले आन्तरिक बजार प्रवद्र्धन गर्नुपर्ने व्यवसायीको भनाइ छ ।

    Advertisement

    खुला बजार नीतिअनुरूप दीर्घकालीन समस्या समाधानका लागि चीन, रुस, अमेरिका, ईयूका राष्ट्रहरू सँग सम्झौता गरी त्यहाँ रहेका नेपाली कूटनीतिक नियोग मार्फत नेपाली चियाको ब्रान्ड प्रवद्र्धन गर्नुपर्ने विज्ञहरूको भनाइ छ । नेपालमा उत्पादित अर्थोडक्स चियाको बजार प्रवद्र्धनका लागि ट्रेडमार्क कार्यान्वयनमा ल्याई २९ वटा उद्योगले ट्रेडमार्क प्राप्त गर्न सफल भएको बोर्डले जनाएको छ ।

    चीनमा निर्यातको ठूलो सम्भावना बढेको नेपाली चिया हालसम्म भारत, क्यानडा, भारत, जर्मनी, जापान, कतार, इटाली, ताइवान, अस्टे्रलिया, नेदरल्यान्ड, स्विट्जरल्यान्ड, फ्रान्स, हङकङ, नर्वे, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ ।

    बिहीबार विभिन्न कार्यक्रम गरेर चौथो अन्तर्राष्ट्रिय चिया महोत्सव हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चिया महोत्सव मनाउन लागेको हो ।

    – गोरखापत्रबाट

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »