१४ बैशाख, बाँके । पुर्वराजा ज्ञानेन्द्र शाह नेपालगञ्ज आउने भएका छन् । यहीँ बैशाख २० गते बाँकेको नेपालगञ्ज स्थित रामलिला मैदानमा नागरिक अभिनन्दनका लागि पुर्वराजा शाह आउने भएका बताइएको छ ।
पुर्वराजा शाहले बैशाख १८ गते सोमबार नेपालगञ्ज स्थित पश्चिम क्षेत्रकै प्राचिन र चर्चित शक्ति पिठ बागेश्वरी मन्दिरमा महा-आरति गर्ने, बैशाख १९ गते जनता सँग भेटघाट गर्ने र बैशाख २० गते रामलिला मैदानमा दिउँसो ३ बजे नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको नागरिक मुल समारोह समितिले जनाएको छ ।
Advertisement
पुर्वराजा शाहको सवारी सुरक्षा व्यवस्थापनमा हिन्दु धार्मिक संगठन ‘नेपाल शिवसेना’ खटिदै
पुर्वराजा शाहको सवारी सुरक्षाको व्यवस्थापनको जिम्मेवारी हिन्दु धार्मिक संगठन ‘नेपाल शिवसेना’लाई सुम्पिएको छ । नेपालगञ्जमा महाआरतीमा सहभागी हुन आउन लागिएका पुर्वराजा शाहको सुरक्षाको जिम्मेवारी लिएको शिवसेनाले व्यवस्थापनका लागि परिचालन समिति समेत गठन गरिएको बुझिएको छ ।
उक्त सुरक्षा व्यवस्थापन समितिमा संयोजक, चार सह-संयोजक र १८ सदस्य रहेका संयोजक मंगल घर्ती मगरले जानकारी दिए ।















टिप्पणीहरू