Close sidebar
  • ताजा
  • लोकप्रिय
  • स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड २०७७ कार्यान्वयन नगर्ने संस्थालाई कारबाहीको चेतावनी

    १३ बैशाख, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड २०७७ अनिवार्य रुपमा पालना गर्न निर्देशन दिएको छ ।

    मन्त्रालय अन्तरगतको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई पत्र मार्फत यस्तो निर्देशन दिएको हो ।

    Advertisement

    उक्त पत्रमा उपचारको लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीको लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार रुपमा गराउनुपर्नेमा सो कार्यान्वयन नभएको पाइएकोले तत्काल कार्यान्वयन गर्न भनिएको छ ।

    साथै बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधि समेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्रभागमा देखिने गरी राख्न पनि निर्देशन दिइएको छ ।

    Advertisement

    यस्तै अस्पतालमा पार्किङको शुल्क उठाउने गरेको, कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिक समेत उपलब्ध नगराएको भन्ने गुनासोहरु समेत आएकोले स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड, २०७७ तथा अन्य प्रचलित कानूनमा भएका सम्पूणर् व्यवस्थाहरु पूणर्रुपमा पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।

    मापदण्ड कायान्वयन नगर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »