Close sidebar
  • ताजा
  • लोकप्रिय
  • एयरलाइन्सको हवाई भाडा घट्यो

    २२ चैत, काठमाडौँ । एयरलाइन्सको हवाई भाडा घटेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको हो ।

    वायुसेवा सञ्चालक संघले यही आज देखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो । नेपाल आयल निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर १० ले घटाएको थियो ।

    Advertisement

    यस संगै काठमाडौंबाट धनगढीको उडानमा चार सय ४० ले घटेको छ । काठमाडौंबाट हुने पर्वतीय उडानको भाडा तीन सय ४५, काठमाडौं देखि भद्रपुर रुटमा तीन सय, विराटनगरमा दुई सय ४०, जनकपुरका लागि एक सय ३०, पोखराका लागि रु एक सय ५५, भरतपुरका लागि रु एक सय १०, भैरहवाको दुई सय पाँच, नेपालगञ्जका लागि एक सय ८५ र सुर्खेतका लागि तीन सय ४५ हवाई भाडा घटेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »