Close sidebar
  • ताजा
  • लोकप्रिय
  • यूएईलाई ९ रनले पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश

    २ चैत, काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को अन्तिम खेलमा यूएईलाई ९ रनले पराजित गर्दै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ ।

    कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा डकवर्थ लुईस नियम अनुसार नेपालले यूएईलाई ९ रनले पराजित गरेको हो ।

    Advertisement

    ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन बनाएको अवस्थामा खराब मौसमका कारण खेल हुन सकेन । नेपालले ३ सय ११ रनको विजयी लक्ष्य पछ्याएको थियो । डकवर्थ लुईसका आधारमा नेपाल २ रनले विजयी घोषणा गरिएको हो ।

    योसँगै नेपाल जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोटमा खेल्न पाउने भएको छ ।

    Advertisement

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले पूरा ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »