Close sidebar
  • ताजा
  • लोकप्रिय
  • विपद् प्रतिकार्यको पूर्वतयारी तथा योजना निर्माणमा रेडक्रसको सहयोग उल्लेखनीय : प्रजिअ आचार्य

    ३० फाल्गुन, बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रशासन र नेपाल रेडक्रस सोसाइटी बाँके शाखा बीच समन्वय बैठक सम्पन्न भएको छ ।

    बाँकेका प्र.जि.अ. विपिन आचार्य, प्रमुख सेनानी श्याम आत्रिय पौडेल, प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, राष्ट्रिय अनुसंधान विभाग बाँकेका उप अनुसन्धान निर्देशक मोहन कुंवर, सशस्त्र प्रहरी नयाब निरीक्षक गोपाल अधिकारी र नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना एवं कार्यसमितिका पदाधिकारी तथा कर्मचारीहरु बीच परिचायत्मक र रेडक्रस गतिविधिहरुको बारेमा जानकारी आदान प्रदान गरिएको छ ।

    Advertisement

    मानवीय सेवाका सम्बन्धमा केन्द्रीत रहेर भएको छलफलमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा संचालन भइरहेका गतिविधिहरुको बारेमा शाखाका उपनिर्देशक दोलखबहादुर डाँगीले जानकारी गराएका थिए ।

    प्र.जि.अ. आचार्यले रेडक्रस संग सहकार्य निरन्तर रहने बताउँदै विपद् प्रतिकार्यका लागि जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणमा रेडक्रसको प्राविधिक सहयोग उल्लेखनीय रहेको प्रसंशा गरे । उनले विपद्को हरेक चरणमा रेडक्रसले देशब्यापी रुपमा सरकार सँग सहकार्य गर्दै आएको बताए । साथै बाँके जिल्लामा विपद् ब्यवस्थापनको क्षेत्रमा हुने सबैै गतिबिधिहरुमा सहकार्य हुने विश्वास समेत गरेका छन ।

    Advertisement

    नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुरक्षा निकाय, नेरेसो बाँके शाखाका पदाधिकारी तथा सदस्य र नगरभित्रका उपशाखाका सभापतिहरु समेत गरी जम्मा ३५ जनाको सहभागिता रहेको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »