२४ फाल्गुन, बाँके । नेपाल टे्रड युनियन महासंघ (जिफन्ट)ले एक सय १३ औं अन्तर्राष्ट्रिय महिला दिवस यस वर्ष नेपालगञ्जमा श्रमिक महिला सँग मनाएको छ ।
दिवसको अवसरमा जिफन्टले नेपालगञ्जको श्रमिक बजारमा कामको पखाईमा रहेका श्रमिक महिलालाई दिवसको वारेमा जानकारी गराउनुको साथै निःशुल्क स्वास्थ्य परीक्षण समेत गरेको छ ।
Advertisement
नेपालगञ्जको रामवाग नजिकै कामको पर्खाईमा रहेका श्रमिक महिलाको हक अधिकार वारे जानकारी गराउनुका साथै निःशुल्क स्वास्थ्य परीक्षण गरी सेनेटरी प्याड, मास्क लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको जिफन्ट राष्ट्रिय कमिटी सदस्य पूणर् केसीले जानकारी दिए ।
उनका अनुसार दिवसको अवसर पारेर नेपालगञ्जमा एक सय बढी श्रमिक महिलालाई स्वास्थ्य र श्रम अधिकारका वारेमा परामर्श गरिएको छ । जिफन्टका प्रदेश सदस्य तथा बाँके इन्चार्ज सुमन गिरीको नेतृत्वमा स्वास्थ्यकर्मीले श्रमिक महिलाको स्वास्थ्य परीक्षण गरेका थिए ।
Advertisement
जिफन्ट बाँकेका अध्यक्ष कृष्ण बुढाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव विकास पाठकले गरेका थिए ।
















टिप्पणीहरू