Close sidebar
  • ताजा
  • लोकप्रिय
  • यातायात क्षेत्रको समस्या एकीकृत रुपमा समाधान गरिन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

    १० फाल्गुन, काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासघका अध्यक्ष हिरालाल श्रेष्ठ नेतृत्वको प्रतिनिध मण्डल र उप-प्रधानमन्त्री तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठ बीच मन्त्रालयमा मंगलबार भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

    अध्यक्ष श्रेष्ठको नेतृत्वले मन्त्री श्रेष्ठलाई भेटेर बधाई दिदै मालबाहक सवारी क्षेत्रले भोग्दै आएको समस्य र समाधानका उपाय बारे जानकारी गराएको महासंघका महासचिव राजेन्द्र बिक्रम बानियाँले जानकारी दिए ।

    Advertisement

    विषेश गरी भारतीय मालबाहक सवारीको निर्वाध नेपाल प्रवेश, भारतीय गाडीको ओभर लोड नियन्त्रण ओभर लोडका कारणले नेपालका सडकमा भएको क्षेती, जसबाट स्वदेशी ट्रक व्यवसायीहरु परायन हुनुपर्ने अवस्था, बिमाको क्षेत्रमा देखिएको कानुनी जटिलता, काठमाडौंमा ट्रक पार्किङ लगायत समस्याहरु बारेमा मन्त्री श्रेष्ठको ध्यानाकर्षण समेत गराएका थियो ।

    ट्रक व्यवसायीहरुको समस्य र समाधानको उपायहरु सुनिसकेपछी मन्त्री श्रेष्ठले सबै समस्याहरुलाई एकीकृत रुपमा समाधान लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    Advertisement

    भेटघाट कार्यक्रममा महासंघका अध्यक्ष, हिरालाल श्रेष्ठ, उपाध्यक्ष, बिष्णु प्रसाद न्यौपाने, महासचिव राजेन्द्र बिक्रम बानियाँ, ध्रुव अर्याल, मधेश संयोगक, अर्जुन बहादुर सापकोटा बागमती प्रदेश ,केन्द्रियहरु रोहित श्रेष्ठ, सरोज कुमार खनाल, बद्रीप्रसाद चौलागाईं र कार्यालय सचिव, रामचन्द्र न्यौपाने साथै अन्य ट्रक व्यवसायीहरुको सहभागीता रहेको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »