२९ माघ, बाँके । बालअधिकार साहिल अन्सारीले हरेक युवाको हातमा संविधानको किताब अभियानमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक डिआईजी टेक प्रसाद राईले ऐक्यबद्धता जनाएका छन ।
डिआईजी राईले उक्त अभियानको प्रशंसा समेत गरेका छन । यसमा लुम्बिनी प्रदेश प्रहरीको तर्फबाट आवश्यकता अनुसारको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
Advertisement
सो अवसरमा डिआईजी राइले भने, ‘कानुन सबैले थाहा पाउनुपर्छ हामीले हाम्रो देशको सबिधान कानुन तथा मौलिक हक बारे सबै जानकार बन्न एकदमै आवस्यक छ ।’
सामाजिक अभियान्ता समेत रहेका बालअधिकारकर्मी साहिल अन्सारीले अभियानमा ऐक्यबद्धता पाएको प्रति खुशी हुदैँ त्रितज्ञता व्यक्त गर्दै, ‘यसमा लुम्बिनी प्रदेश प्रहरी प्रमुखको साथ् पाउदा यो अभियानलाई सफल बनाउन हामी झन प्रत्साहित भएका छौं ।’
Advertisement
कारण बताउदै अन्सारीले नागरिकको मानवअधिकार रक्षा गर्न प्रहरी निकायको एकदमै अहम भूमिका रहेको छ । उनले प्रहरी साथ पाए पश्चात उनीहरु प्रतिको सम्मान झन बढी बढेको बताए । अधिकारकर्मी अन्सारी नयाँ सरोकारका सहसम्पादक समेत हुन् ।
टिप्पणीहरू