Close sidebar
  • ताजा
  • लोकप्रिय
  • लुम्बिनी प्रदेश स्तरीय नृत्य प्रतियोगिताको फाइनल राउण्ड भोलि

    २६ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा लुम्बिनी प्रदेश स्तरीय नृत्य प्रतियोगिताको फाइनल राउण्ड भोलि शुक्रबार हुदैँछ ।

    नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा शुक्रबार सेमीफाइनल राउण्ड सम्पन्न भएको छ । उक्त प्रतियोगितामा १८ जना फाइनल राउण्ड सम्म पुग्न सफल भएका प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए ।

    Advertisement

    बिहीबार सेमीफाइनल राउण्डको परिणाम घोषणा गर्दै निर्णायक केबी शाही र सन्तोष सोती मगरले १७ जना फाइनलमा पर्न सफल भएको बताए । आयोजकले निर्णायकलाई एक जना उत्कृष्ट छान्न पाउने अधिकार दिएको छ । उक्त अधिकार प्रयोग गर्दै निर्णायकले एक जनालाई फाइनलमा प्रवेश गराएका हुन ।

    भोलि शुक्रबार फाइनल राउण्ड हुनेछ । उनीहरु १८ जना बीच प्रतिस्पर्धा हुनेछ ।

    Advertisement

    नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा जारी महोत्सव अब दुई दिन मात्र बाँकी छ ।

    महोत्सवलाई फलो मि इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले व्यवस्थापन गरिरहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »