१८ पौष, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ न्यूरोड स्थित भानुभक्त चोक नजिकै भएको ट्रक दुर्घटनालाई लिएर विद्यार्थीहरु सडकमा उत्रिएका छन । पिडित पक्षका लागि न्यायको माग गर्दै बिहान ७ बजे देखि नेपालगञ्जका मुख्य चोकहरुमा चक्काजाम गरिएको हो ।
घटना भएको दुई दिन बितिसक्दा समेत पिडित पक्षले न्याय नपाएको बताउदै विद्यार्थी लगायत पिडितका आफन्त समेतका व्यक्तिहरु सडकमा देखिएका हुन । उनीहरुले नेपालगञ्जलाई पुर्ण रुपमा ठप्प पारेका थिए । नेपालगञ्जको हाइवे स्थित विपिचोक, गणेशमान चोक, धन्बोझी, पुष्पलाल चोक, कारकादो चोक, राझाँ, लगायतका चोकहरुमा हातमा पेट्रोल सहित टायर बालेको दृश्य देखिएको थियो । बिहानै देखिको सडक अवरुद्धका कारण गन्तब्य सम्म पुग्नलाई साईकल तथा पैदलयात्रीलाई समेत सास्ती खेप्नुपरेको थियो ।
Advertisement
शनिवार बिहान करिब ११ बजेको समयमा साईकल यात्री दैलेखको नारायण नगरपालिका-५ हाल नेपालगञ्ज १८ बस्ने १८ वर्षीय तेजन थापा मगरलाई ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिएको थियो । जसलग्त्तै घटना गराउने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको सूचना अधिकारी राम प्रसाद घर्ती मगरले जानकारी दिए ।
उनले भने, ‘घटनाको अनुशन्धान कानुन बमोजिम प्रक्रियामै छ । पिडितको एउटा ठूलो विमति छ, उहाँहरुले क्षतिपुर्ती र बिमाको कुरा गर्नुभएको छ । तर पिडित पक्षले कानुनभन्दा पनि अलि फरक किसिमले जानखोजिरह्नु भएको छ । कानुन बमोजिम मुद्दा दर्ता भइसकेको छ ।’
Advertisement
सोही घटना गराउने चालक र ट्रक प्रहरीले नियन्त्रणमा लिएपनि ट्रकधनी सम्पर्कमा नआएको भन्दै उनीहरु प्रर्दशनमा उत्रिएका पिडित पक्षले जानकारी गराए । ट्रकधनी सम्पर्कमा नआएपछि क्षतिपुर्तीका विषयमा छलफल हुननसकेको उनीहरुको माग थियो ।
सो क्रममा पहिचान सहित रिपोटिङ्गमा पुगेका केही पत्रकार एवं सञ्चारकर्मीलाई समेत अवरोध गरिएको विषयमा उनीहरुले विरोध गरेका छन । कुनै पनि बहानामा पत्रकारलाई रिर्पोटिङ्ग गर्नबाट बञ्चित गर्ननहुने पिडित पत्रकारले नाईल खबरलाई जानकारी दिए ।
टिप्पणीहरू